जितुको बुढ्यौली रूप


काठमाडौं ।

लोकप्रिय हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ फुलपातीका दिन आगामी २४ गते रिलीजमा आउने फिल्म ज्वाइँ साबलाई लिएर उत्साहित छन्।

यही उत्साहलाई पोख्दै जितुले फिल्ममा रहेको आफ्नो बुढ्यौली गेटअपको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रुपमा चित्रण गरिएको छ। यो गेटअपले फिल्ममा जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ।

फिल्मले पाएको हाइपका कारण ओभरसिज राइट्स विक्री भईसकेको फिल्म वसन्त निरौलाले निर्देशन गरेका छन्। मौसम फिल्म्स्को सहकार्यमा रेड आई फिल्म्स्को ब्यानरमा सौगात पण्डित र पदमलाल तामाङद्वारा निर्मित तथा राजकुमार पण्डितद्वारा प्रस्तुत फिल्ममा जितु नेपाल, नीति शाह, रमेश वुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, कमलमणि नेपाल, प्रकाश घिमिरे, सिपी पौडेल, दीपक अधिकारी, राजकुमार पण्डित, राजेन्द्र नेपाली, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनील तामाङ, नवीन काफ्ले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सञ्जय थापाको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।