सन्तोषी मिसेस युनिभर्समा


काठमाडौं ।

लन्डन फेशन हाउसको आयोजनामा आन्तरिक प्रतिस्पर्धाबाट सन्तोषी कार्की मिसेस नेपाल युनिभर्स २०२४ भएकी छिन्।
यससँगै सन्तोषीले नेपालको प्रतिनिधित्व गर्दै ४७औं मिसेस युनिभर्समा स्पर्धा गर्ने अवसर पाएकी छन्।

प्रतियोगितामा सहभागी हुन उनी दक्षिण कोरिया जाँदैछिन्। लन्डनको एक विश्वविधालयमा प्रध्यापन गर्दै आएकी सन्तोषीले लन्डनमा रेष्टुरेन्ट व्यबसाय सञ्चालन गर्दै आएकी छन्। यसपटक आफुले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताइन्।

उनले कोरियोग्राफर रोजिन शाक्यबाट प्रशिक्षण लिएकी छन्। ३ अक्टोबारबाट दक्षिण कोरियाको सोउलमा सुरु हुने प्रतियोगितामा ८ वर्षदेखि ५५ वर्षसम्मका १ सय ४० भन्दा बढी देशका विवाहित महिलाले स्पर्धा गर्नेछन्।