महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो


काठमाडौं ।

जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३.१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौँले २५.२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५.१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५.२१ र चौथो सेट २५.१६ ले जितेको थियो ।

योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।