मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त

0
Shares

काठमाडौं ।

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. ज्ञवालीलाई ४ वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपकुलपति प्रा.डा. विश्वराज जोशीको ४ वर्षे कार्यकाल साउन १५ गते सकिएपछि दुई महिनादेखि रिक्त रहेको उपकुलपति पदमा डा।ज्ञवालीलाई नियुक्त गरिएको हो ।

उनी यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव थिए। डा. ज्ञवाली अहिले त्रिवि चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।