शिक्षाका २२५ कर्मचारीको सरुवा (सूचिसहित)


काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका  दुई सय २५ जना कर्मचारीको सरुवा गरेको छ । 

मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो । 

लामो समयसम्म शिक्षा मन्त्रालयमा रहेकाहरुलाई पनि बाहिर निकालिएको छ भने सानोठिमी तथा मोफसलका कर्मचारीलाई शिक्षा मन्त्रालयमा ल्याइएको छ ।