सुगा मादकपदार्थ सेवनगरेपछि फन्दामा


काठमाडौं ।

लोकप्रिय दक्षिण कोरियन सांगीतिक के–पप ब्यान्ड बीटीएसका गायक सुगा मादक पदार्थ सेवन गरी इलेक्ट्रिक स्कुटर चलाएको आरोपमा कारबाहीमा परेका छन्।

बीबीसीको अनलाइन सेवाका अनुसार ३१ वर्षीय गायक सियोलस्थित घरनजिक स्कुटरबाट लडेर उठ्न खोज्दा ट्राफिक प्रहरीले उनले मादकपदार्थ सेवन गरेको भेटेको थिए। मातिएको अवस्थामा भेटिएका उनको रगतमा अल्कोहलको मात्रा ०.२७७ प्रतिशत भेटिएका कारण उनलाई सियोलस्थित अदालतले जरिवानाको सजाय सुनाएपछि हालै १५ मिलियन युआन अर्थात् ११ हजार ५ सय अमेरिकी डलरबराबरको जरिवाना तिराइएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको नियमअनुसार रगतमा ०.२ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा लिएर सवारी चलाउनु ट्राफिक नियमको उल्लघंन हो। यस्तो अवस्थामा त्यहाँको ट्राफिक ऐनअन्तर्गत पाँच वर्षसम्मको जेल सजाय वा २० मिलियन बोनसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।

दक्षिण कोरियाको नियमअनुसार हाल अनिवार्य सैन्य सेवामा रहेका उनको यसअघि नै ड्राइभिङ लाइसेन्स खारेज भइसकेको छ। उनले केही समयअघि मात्र हस्तलिखित रूपमा माफी माग्दै आफूले ब्यान्डको नाम कलंकित गरेको बताएका थिए। के पप विधामा तहल्का मच्चाएको यो ब्यान्ड सन् २०१३ मा स्थापना भएको थियो।

बीटीएस आफैँ गठन भएको भने होइन। बिग हिट इन्टरटेन्मेन्टनामक कम्पनीले सन् २०१० मा अडिसनमार्फत यसका सदस्यलाई संगठित गरी ब्यान्ड गठन गरिएको थियो। तर, सूमहको अन्तिम रूप सन् २०१३ मा तय भएको थियो।