बाढीपहिरोमा परी गम्भीर घाइतेहरुको नि: शुल्क उपचार गर्ने


काठमाडौं ।


सरकारले बाढीपहिरोमा परी गम्भीर घाइते भएकाहरुको नि: शुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्के लगत्तै आज बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
यसैगरी दैवीप्रकोप राहत कोषमा सरकारको तर्फबाट अर्थ मन्त्रालयले एक अर्व रुपैयाँ राख्ने र मन्त्री परिषद्को सबै सदस्यहरुले एक महिनाको तलव दिने समेत निर्णय गरेको छ ।