मिरुना मगर बालकलाकारबाट सफल नायिका

0
Shares

मिरुना मगर पछिल्लो समयकी व्यस्त र चर्चित अभिनेत्री हुन्। हङकङमा जन्मिएकी उनले दुई वर्षको छँदा नेपाल आएर पुख्र्यौली थलो धरानमा आफ्नो बाल्यकाल बिताएकी थिइन् भने पिता बेलायती सेनाको गोर्खा फौजमा भएका कारण १२ वर्षको उमेरमा परिवारका साथ बेलायत गएकी थिइन्।

उनले बाँकी अध्ययन पनि त्यतै गरिन्। स्नातकोत्तरसम्मको अध्ययन गरेकी पछिल्लो पुस्तामाझ लोकप्रिय मिरुनाबारे केही रोचक तथ्यः

 मिरुनाकी आमा शशी थापा सुब्बा नाट्यकर्मी तथा गीतकार हुन्। आमाका कारण पनि उनमा सानैदेखि अभिनयमा रुचि भएको हो। उनले बालकलाकारको रूपमा क्याबिन गर्लनामक फिल्ममा अभिनय गरेर पुरस्कार जितेकी थिइन्। सो कमाइबाट उनले आफ्ना लागि ब्याग किनेकी थिइन्।


 उनी २०७२ सालको भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले नेपाल आएकी थिइन्। सोही क्रममा उनले एक्टर्स स्टुडियोमा अभिनय सिक्ने निर्णय गरिन्। त्यस क्रममा कथा देश तीननामक नाटकमा अभिनय गरिन्।
 नेपालमा भएका युवा अध्ययनपछि विदेसिन्छन्। तर, उनी लण्डनमा आफ्नो पढाइ सकेर नेपालमै अभिनयमा करिअर बनाउनका लागि यतै बसिन्। उनलाई लाग्छ परिवार विदेशमा भए पनि आफू पनि विदेश बस्नुपर्छ भन्ने छैन। उनले नेपालमा नै सम्भावना देखर नेपालमा काम गरिरहेकी छन्।
 उनी फुर्सदको समयमा कितब पढ्न, घुमफिर गर्न, संगीत सुन्न र समाजसेवा गर्न रुचाउँछिन्। उनी पूर्वमिस नेपाल माल्भिका सुब्बालाई आइडल मान्छिन्।


 मिरुनाले एक व्यक्तिलाई नियतबस ब्याड टच गरेको आरोप लगाएर थप्पड हानेकी थिइन्। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। पछि उनीहरूबीच मिलापत्र भएको थियो। मिरुना भन्छिन्,‘गलतविरुद्ध जहिले लड्नुहोस्।’
 शुरूका केही फिल्मबाट असफलता व्यहोरेकी मिरुनासँग पछिल्लो सफल फिल्मको लर्को छ। उनले रोज, निमा, चच हुँई, नाङ्गो गाउँ, घरज्वाई, मनसरा, कबड्डी ४, जारीजस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।
 अधिकांश फिल्ममा उनले अभिनेता दयाहाङ राईसँग खेलेकी छन्। दर्शकले यो जोडीलाई पर्दामा निकै रुचाएका छन्।