सूचना विभागको महानिर्देशको जिम्मेवारी युवा प्रशासक परियारलाई  

14.76k
Shares

काठमाडौं । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले युवा प्रशासक प्रदीप परियारलाई सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । 

सरकारले काठमाडाैं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट केही दिन अघि परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको थियो । सञ्चार मन्त्रालय आएका उनलाई   सूचना तथा प्रसारण विभागको जिम्मेवारी दिए लगत्तै उनी सोमबार विभागमा पुगेर पद बहाली गरेका छन् । परियार निजामती क्षेत्रमा स्वच्छ छवि र सुधारक  प्रशासकको रूपमा चिनिन्छन् । उनले विभागमा समेत सुधार गर्ने विश्वास गरिएको छ । 

 परियारले सोमबार विभागमा पद बहाली गर्दै सबै कर्मचारीलाई पदीय जिम्मेवारी र जवाफदेहीतालाई उच्च प्राथमिकतामा राखेर परिणाम निस्कने गरी काम गर्न आग्रह गरेका छन् । नवनियुक्त महानिर्देशक परियारले सबै जनाले सामूहिक भावना राखेर टिमवर्कमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।