विपद व्यवस्थापनमा प्रशासनिक सक्रियता

सचिव बैठकले ग¥यो महत्वपूर्ण १४ निर्णय, सचिवहरुले पाँच दिनको तलब दिने

1.03k
Shares

काठमाडौं ।


मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले विपद व्यवस्थापन सम्वन्धमा विभिन्न १४ वटा निर्णय गरेको छ । मुख्य सचिव अर्यालले आकस्मिक सचिव बैठक राखेर विपद् व्यवस्थापनमा प्रशासनिक सक्रियतालाई गति दिएका हुन् ।

सचिव बैठकले गृहमन्त्रालयको समन्वयमा तत्काल खोज, उद्धार र राहत उपलब्ध गराउने कार्यलाई तदारुकता दिने निर्णय गरेको छ ।यसैगरी बाटोमा अलपत्र परेका यात्रुलाई तत्काल गन्तव्य पु¥याउन आवश्यक व्यवस्था भौतिक मन्त्रालय र गृहमन्त्रालयको आपसी समन्वयमा सम्पन्न गर्ने निर्णय समेत सचिव बैठकले गरेको छ ।

यसैगरी सचिव बैठकले स्वास्थ्य मन्त्रालयले घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने, विपद् प्रभावित क्षेत्रमा हैजा , डेंगी जस्ता रोगहरु फैलन नदिने , बाढी पहिरोका कारण अवरुद्ध सबै राजमार्गहरु तत्काल खुलाउने, विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउने, अवरुद्ध भएका सबै सेवाहरु तत्काल सम्वन्धित निकायले तत्काल सुचारु गराउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

साथै सचिव बैठकले पिडित घरपरिवारलाई राहतका लागि सचिवहरुको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकमा मुख्य सचिव अर्यालले विपद् व्यवस्थापनमा सम्वन्धित मन्त्रालय र मातहतका निकायले आ आफ्नो जिम्मेवारी अनुसार काम गरेर परिणाम देखाउन निर्देशन दिनुभएको थियो ।

यस्ता छन् सचिव बैठकका विपद व्यवस्थापनसम्वन्धी १४ निर्णय