विकल पौडेलविरुद्ध फेरी १ अर्ब ८६ करोडको मुद्दा

9.31k
Shares

काठमाडौं ।

राजश्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको छ ।

विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नीज पौडेल विरुद्ध यस अघि नै अख्तिया दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएर हाल कारागार जीवन विताइरहेका छन् ।

भ्रष्टाचारका पर्याय ठानिएका पौडेलविरुद्ध भ्रष्टाचार, किर्ते लगायतका कसुरमा यस अघि झण्डै आधा दर्जन मुद्दा दायर भइसकेको छ ।