बाढीपहिरो प्रभावित दुई जिल्लाका सीडीओ फेरिए


काठमाडौं ।

गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरेकाे हाे ।

अविरल वर्षाकाे कारण काभ्रे र धादिङमा सबैभन्दा धेरै क्षति गरेको छ । क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै उनीहरू सरुवा गरिएको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन ।

अविरल वर्षा र बाढी पहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गतको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएकाे छ ।