आइफामा शाहरुख र रानीले मारे बाजी


काठमाडौं ।

इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०२४ सम्पन्न भएको छ। अवार्ड समारोहमा बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमल सर्वश्रेष्ठ फिल्म घोषित भएको छ भने यही फिल्मबाट अनील कपुरले सहअभिनेता र बबी देवलले खलनायकको अवार्ड चुमे।

त्यस्तै, प्रितम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन र हर्षवद्र्धन रामेश्वरले संगीतकारको, भूपेन्द्र बब्बलले अर्जन भ्याली बोलको गीतबाट गायक तथा सिद्धार्थ गरिमा र सतरङ्गाले गीतकारको अवार्ड चुमे। फिल्म १२ वीं फेलबाट विधु विनोद चोपडाले निर्देशकको अवार्ड चुम्दा फिल्म रक्की और रानीकी प्रेम कहानीले कथाको अवार्ड चुम्यो।

जवानबाट शाहरुख खानले अभिनेता र श्रीमती चटर्जी भीएस नर्वेबाट रानी मुखर्जीले अभिनेत्रीको अवार्ड चु्मिन्। समारोहमा रकी और रानीकी प्रेम कहानीबाट सबाना आजमीले सह–अभिनेत्री र शिल्पा रावले जवानको चलेया बोलको गीतबाट गायिकाको अवार्ड चुमिन्। समारोहमा भारतीय सिनेमामा उत्कृष्ट योगदान दिएबापत जंयन्तीलाल गडा र हेमा मालिनीलाई सम्मान गरिएको थियो भने सिनेमामा २५ वर्ष पूरा गरेकोमा निर्मँता निर्देशक तथा अभिनेता करण जोहरलाई सम्मान गरिएको थियो।

अभिनेता शाहरुख खानले सञ्चालन गरेको कार्यक्रममा उनले झुमे जो पठान बोलको गीतमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।