सारंग मंसिरमा


काठमाडौं

बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरीब परिवारबीचको खाड्लको विषयमा निर्मित फिल्म सारंगको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा उत्पल झा, ऋचा शर्मा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ। कोरियोग्राफर तथा मोडल प्रशान्त तामाङको डेब्यू निर्देशन रहेको फिल्मको फस्टलुकसँगै रिलिज डेट पनि घोषणा गरिएको छ।

फिल्म आगामी मंसिर ७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। निर्देशक तामाङ स्वयंको लेखन रहेको फिल्ममा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागरजंग केसी, विश्व स्याङ्वो, प्रभातजंगलगायतले अभिनय गरेका छन्।

दर्शन बुद्ध फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा गीत डिपी खनाल, संगीत शंकर थापा ‘स्माइल’, छायांकन निर्देशन गोपाल राय र सम्पादन मित्रध्वज गुरुङको रहेको छ।