डुवान र करेन्ट लागेर तीन जनाको मृत्यु, ६ जना घाईते

0
Shares

रौतहट ।

रौतहटको भिन्दाभिन्दै स्थानमा डुबेर र करेन्ट लागेर आईतबार तीन जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । दुर्गाभगबती गाउपालिका–४ पचरुखी निबासी ३५ बर्षिय राजकुमार मुखियाको माछा मार्नेक्रममा जालमा अडकिएर मृत्यु भएको छ ।

यस्तै परोहा नगरपालिका–७ नरकटिया निबासी १४ बर्षिय आशा कुमारी साह घास काटने क्रममा डुबेर मृत्यु भएको छ भने यस्तै बौध्दिमाई नगरपालिका–२ ईनहरवामा आफनै घरको पानी खाने चापाकलमा १४ बर्षिय अनिल साहको करेन्ट सर्ट भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार बाढी र डुबानमा परेका १ सय २३ जनाको उद्धार गरिएको छ । आईतबार पानी पर्न रोकिएपनि रौतहटको बृन्दाबन, गडीमाई, माधब नारायण, यमुनामाइर्, गौर, राजदेबी, ईशनाथ,परोहा, बौध्दिमाई, मौलापुर, देबाही गोनाही, कटहरियाको १ हजार ८ सय ५ घरधुरीका ५ हजार ५ सय ९५ परिबार बिस्थापित भएका छन ।