नर्भिकले असोज १३ र १४ गते निःशुल्क ओपीडी सञ्चालन गर्ने

1.79k
Shares

काठमाडौं ।
विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले आज र भोलि अर्थात् असोज १३ र १४ गते निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।


निःशुल्क ओपीडीमा मुटुरोग विशेषज्ञहरु डा.नग्मा श्रेष्ठ, डा.राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठले सेवा दिने छन् । ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । निःशुल्क ओपीडीबाट सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ ।


यस्तै, अस्पतालले मुटुसम्बन्धी परीक्षण कार्डियाक हेल्थ प्याकेज मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ ।
वल्र्ड हर्ट फेडेरेसन र विश्व स्वास्थ्य संगठनको संयुक्त सहभागितामा सन् २००० देखि विश्व मुटु दिवस मनाउन थालिएको हो । सुरुमा २४ सेप्टेम्बरमा मनाइने गरिए पनि सन् २०११ देखि २९ सेप्टेम्बरदेखि मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘युज हर्ट फर एक्सन’ रहेको छ।


विश्वभर मुटु रोग मृत्युको प्रमुख कारण बन्ने गरेको छ । मुटुजन्य रोगका कारण सन् २०१९ मा १ करोड ७९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएकाहरु, बढी धूमपान गर्ने, परिवारका अरु सदस्यलाई मुटु रोग भएकाहरु मुटु रोगको जोखिममा पर्ने चिकित्सकहरुको भनाइ छ ।