झ्याप्लेखोलामा अलपत्र परेका यात्रुको उद्धार


काठमाडौं ।

धादिङ र काठमाडौँको सिमानामा पर्ने झ्याप्लेखोलामा गएको पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ ल्याउने भएको छ। 

उक्त क्षेत्रमा अलपत्र परेका यात्रुहरुलाई काठमाडौंसम्म ल्याउनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी कार्यलबाट २ वटा बस सयाक प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोलीसहित खटिएको छ ।

उक्त बस ४० सिट क्षमताको २ वटा बसले अलपत्र यात्रुलाई झ्याप्लेखोलाबाट काठमाडौ ल्याउने प्रहरीले जानकारी दिएको छ ।