घट्टे खोलामा बेपत्ता बालिकाको शव फेला

10.25k
Shares

धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले शुक्रबार बगाएको बालिकाको शव आइतबार फेला परेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ८ दोभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङको शव बेलबोटेमा फेला परेको स्थानीय खोजकर्ता योगेन्द्र तामाङले बताए ।

स्थानीय पठाओ मोटरसाइकलमा आमासँग घर जान लागेको बेला बाढी आएको खोलाले मोटरसाइकल समेत बगाएको थियो । आमा र चालक पौडिएर निस्किएका थिए, भने बालिका बेपत्ता भएकी थिइन् ।