गुल्मी मदानेका एकै परिवारका ३ र गुल्मीदरबारका ३ जना झ्याप्ले खोलामा अस्ताए

29.42k
Shares

बुटवल ।

धादिङ्गको झ्याप्लेखोलामा पहिरोले बस पुरिदा ६ जना गुल्मीका नागरिक परेका छन ।

ति ६ जना मध्ये एक जोडि नवविवाहित दम्पत्ती परेका छन । विवाह गरेको दुई महिना पनि भएको थिएन । नियतिको बज्रपात विवाहको दुई महिना पनि नपुग्दै गुल्मीका एक दम्पत्तीको वैवाहिक सम्वन्ध वियोगमा परिणत हुन पुग्यो । यहि असोज ११ गते बुटवलबाट काठमाण्डौं जाने क्रममा धादिङ्गको ।

गुल्मी मदाने गाउँपालिका ६ पुर्कोटदह चामागाउका एक नवविवाहित जोडी रहेका हुन् । बुटवलबाट हिडेको लु १ ज ४५७८ नम्वरको माईक्रोबस पहिरोले पुरिदा गुल्मीको मदाने गाउँपालिकाका ६ पुर्कोटदह चामगाउँका ३४ बर्षीय प्रकाश कुँवर, उनकी नवविवाहित श्रीमति अनु कुँवर र बहिनी सिर्जना कुँवर सहित एकै परिवारका तिन जनाको मृत्यु भएको हो ।


उनीहरुको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंंकर पोखरेलले भने कोरियामा काम गरेर फर्किएका प्रकाश कुँवर र अनु कुँवरको विवाह भएको एक महिना भएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहले जानकारी दिएको छ ।

मृतकका भाई सुरेन्द्र कुँवरले गत साउन २७ गते विवाह भएको, नागरिकता ,विवाह दर्तासहित नागरिकता बनाउन मदाने गाउँपालिका ६ पुर्कोटदह आएर फर्किने क्रममा दुखद घटना घटेको बताए ।

त्यस दुर्घटनामा यता गुल्मीदरबार गाउँपालिका ७ , साविक दरबारदेविस्थान २ लामडाँडाका पनि एकै परिबारका ३ जनाले ज्यान गुमाएका छन् ।

त्यस वडाका वडाध्यक्ष शालिकराम टण्डनका अनुसार त्यस गाउँका ६३ बर्षीय जुद्धबहादर रायमाझी ,उनकी बुहारी ३१ बर्षीया प्रमिता भुसाल रायमाझी र उनका ३ बर्षीय छोरा कृसव रायामाझीको मृत्यु भएको हो ।

रायमाझी परिबार सुरुमा बुटवल बस्ने गरेको र हाल काठमाण्डौको किर्तिपुरमा बसोबास गर्ने गरेको वडाध्यक्ष टण्डन बताए । मृतक प्रमिताका श्रीमान विवेक रायमाझी किर्तिपुरमा ग्यारेज खोलेर बसेका छन् । प्रमिता केही दिन अघि नागरिकता बनाउन भनि जिल्ला प्रशासन कार्यालय गुल्मी आएर फर्किएकी थिइन् ।