पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु


काठमाडौं ।

सिन्धुलीबाट बिरामी लिएर काठमाडौं जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ।

सिन्धुली सदरमुकामबाट बिरामी बोकेर काठमाडौं तर्फ गएका पाँच एम्बुलेन्समध्ये दुईवटाका बिरामीले उपचारको अभावमा मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।