बेहुली फ्रम मेघौली नेपालसँगै अमेरिकामा पनि


काठमाडौं ।

अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको मुख्य भूमिका रहेको फिल्म बेहुली फ्रम मेघौली अमेरिकामा पनि रिलीज हुने भएको छ।

नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले बेहुली फ्रम मेघौलीको अमेरिका रिलीज राइट्स लिई अमेरिकी शहरमा पनि रिलीज गर्न लागेको हो। फिल्म नेपालसँगै घटस्थापनाको दिनबाटै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क, सान फ्रान्सिस्स्कोलगायतका राज्यमा रिलीज हुनेछ।

निश्चल र स्वस्तिमाका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मीलगायतले अभिनय गरेको फिल्म सजन काफ्ले र आकाश ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्स्को ब्यानरमा निश्चल बस्नेत र स्वस्तिमा खड्काद्वारा निर्मित फिल्ममा जयन जे वाइवा र कुशल पोखरेलको संगीत, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, नरेन्द्र मैनालीको छाया“कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

फिल्ममा फिरोज खड्का र शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्