निर्मलराज पौडेलले ल्याए दशैं गीत


काठमाडौं ।

गीतकार तथा गायक निर्मलराज पौडेलको बडा दशैं बडा दशैं, हर्षको आगमन बोलको दशैं गीत सार्बजनिक गरिएको छ।
गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा र मनिष पौडेलले स्वर दिएका छन्।

वेलकम एभी प्रोडक्सनले तयार पारेको गीतको भिडियो मनिष पौडेलले निर्देशन गरेका छन्। भिडियोमा दिपिका थापाको कोरियोग्राफी छ भने गोपाल ढकाल ‘छन्दे’, नवराज कार्की तथा वेलकम परिवारले अभिनय गरेका छन्।

‘१०/१५ वर्ष अगाडिसम्म पनि बडा दशैंको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो। तर हिजोआज सबै हराउँदै गएको महसुस हुन थालेको छ। त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौँ’ गीतकार तथा गायक पौडेल भन्छन्।

गीतमा नेपालीले दशैं मनाउने शैली, परम्परालगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषय समेटिएको छ। यसअघि पौडेलले तीज गीत पनि सार्बजनिक गरेका थिए।