पुर्णबहादुरको सारंगीको दाहिने हातैमा


काठमाडौं ।

आगामी कात्तिक १५ गते रिलिज हुने फिल्म पूर्ण बहादुरको सारंगीको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
दाहिने हातैमा बोलको सार्वजनिक गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको छ। गीतले फिल्मका प्रमुख पात्रको जीवनको कथा भनेको छ।

रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टटिँदै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थता गीतले प्रस्तुत गरेको छ। गीतले दुःखसँगै माया र प्रेमको कुरा पनि गरेको छ। लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतमा समेटिएको छ। मायालुको बखान गरिएको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्यु“झिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स प्रस्तुत गरेको छ।

फिल्ममा गीत सुनाउँदै गर्दा मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिएका छन्। उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखाइएको छ।

यसअघि, फिल्ममा समावेश काँधेकुरी बोलको गीत सार्वजनिक गरिएको थियो। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल, प्रकाश सपूत, बुद्धि तामाङ, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतले अभिनय गरेका छन्।

सेभेन सिस सिनेमा र बा“सुरी फिल्म्स्को व्यानरमा विनोद पौडेल र प्याट्रिक सुवेदीद्वारा निर्मित सोसल–ड्रामा जनराको फिल्म गन्धर्व परिवारको कथामा आधारित छ। रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा पटकथा र संवाद महेश दवाडी, संगीत प्रशान्त सिवाकोटी, सारंगी हेमन्त कान्छा रसाइली तथा स्वर प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको छ।