खात्रीपौवाको पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो 

8.46k
Shares

धादिङ ।

धादिङकाे  धुनीबेसी नगरपालिकाकाे खत्रीपौवामा पहिरोले पुरिएको बसबाट दुई वटा शव निकालिएको छ । 

शनिबार विहानैको पहिरोमा तीन वटा सवारी मध्य बुटवलबाट काठमाडौ आउदै गरेको बसबाट एक महिला र एक पुरुषको शव निकालिएको उद्दारमा संलग्न युवा संघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो । 

पहिरो झरेको क्षेत्रमा मोबाइलको नेटवर्कमा पनि समस्या आएको र दिनभर उद्दारमा खटिएका सुरक्षाकर्मीहरुको पनि मोबाइलमा सम्पर्क हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालका अनुसार बसमा चालकसहित १२ जना रहेको बुझिएको छ । ‘गाडीका धनीसंगको कुराकानीमा बुटवलबाट १२ जना र नारायणगढबाट एक जना यात्रु चढेका थिए । उनीहरु कोहिपनि सम्पर्कमा छैनन्’, बसधनीलाई उदृत गर्दै सिलवालले भन्नुभयो । 

पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि अवरुद्ध छ । अहिले ६ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ । 

निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत छ ।