झ्याप्ले खोलामा लेदोसहितको पहिरो पुरिँदा १४ जनाको मृत्यु


काठमाडौं ।

अबिरल बर्षाको कारण त्रिभुवन राजमार्ग अन्र्तगत काठमाडौको चन्द्रागिरी नगरपालिका र धादिडको धुनिवेसी नगरपालिकाको सिमानाको नागढुंगा नौविसे सडक खण्डको झ्याप्ले खोलामा लेदो सहितको पहिरो जांदा १४ जनाको मृत्यु भएको छ ।

२ वटा बस, एउटा हायस र एउटा भारतीय टकमाथि पहिरो खसेको थियो । यो समाचार तयार पार्दा समेत उद्धार कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।