बाढीपहिरो : नेपाली सेनाद्वारा १५ सय भन्दाबढीकाे उद्धार


काठमाडौं ।

देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेको केही क्षेत्रबाट नेपाली सेनाले १५ सय भन्दाबढी मानिसहरूकाे सकुशल उद्धार गरेको छ ।

अविरल वर्षाका कारण जनजीवन प्रभावित इलाकाहरु विशेष गरी कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेश र काठमाडौं उपत्यकामा नेपाली सेनाको फौजद्वारा खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण लगायतका कार्यहरु गरिरहेको छ ।

सो स्थानहरुबाट नेपाली सेनाको खोज तथा उद्धार टोलीले हालसम्म करिब १५ सय जनाको सकुशल उद्धार गरेको छ।

त्यसै गरी नेपाली सेनाको हेलिकप्टरद्वारा ललितपुर स्थित कुसुन्ती इलाकाबाट ४ जना, मख्खुवेशी इलाकाबाट ९ जना र मकवानपुरको सिस्नेरी इलाकाबाट ३२ जना गरी जम्मा ४५ जनाको सकुशल उध्दार तथा मकवानपुरको सिस्नेरी इलाकाबाट ६ वटा शव काठमाडौं ल्याइएको छ ।