नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार


काठमाडौँ।

अविरल वर्षाका कारण चलेको बाढी बस्तीमा पसेपछि ललितपुरस्थित कुसुन्तीको अरुनिमा टोलमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

सो बस्ती र वरपरका क्षेत्र नख्खुखोलाको बाढी पसेपछि जलमग्न छ । घरभित्रै बाढी पसेको छ । त्यहाँको ‍एउटा ग्यारेजमा मात्रै ५० जना मानिस थुनिएका थिए ।

घरबाहिर निस्कन नसकेका मानिसहरू घरटहराको छतमा उक्लिएर उद्धारका लागि आग्रह गरिरहेका छन्‌ । उद्धारका लागि यतिखेर सो क्षेत्रमा सशस्त्र प्रहरीका गोताखोर नै परिचालन गरिएको छ ।