अविरल वर्षा र बाढीका कारण उपत्यकामा ३२ को मृत्यु, १२ जना बेपत्ता


काठमाडौँ।

अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता भएका छन् ।

काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

तीन जिल्लामा गरी एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएका छन् ।