राप्ती राजमार्ग अन्तर्गत चोरखोला राम्री सडक-खण्ड भासियो

3.67k
Shares

सल्यान ।

अविरल बर्षाका कारण निरन्तर परिरहेको पानीले राप्ती राजमार्ग अन्तरगत चोरखोला राम्री सडक खण्ड भासिएको छ । शनिबार बिहान करिब ७:३० बजे तिर सडक भासिएको हो ।

सडक भासिदा लामो तथा छोटो दुरिका यातायातका सवारी-साधन ठप्प भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । सडक पुर्णरुमा भासिएकाले केही दिनसम्म सवारी आवागमन ठप्प हुने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार सडक धेरै तल बाट भासिएकाले मर्मत गर्न करिब ४,५ दिन समय लाग्ने बताए । सडक सुचारु नहुँदासम्म ठुलो सवारी साधन ठप्प हुने बताए । साना सवारी साधनका आवागमनका लागि भने कपुरकोट पाखापानी अन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिएपनी पानी परिरहेकाले समस्या आएको बताए।


भासिएको सडकमा मर्मतका लागि ठुलो वाल निर्माण गर्नुपर्ने देखिएको बताए । यस्तै खलंगा सुर्खेत सल्यान सड्क अन्तर्गत बनगाड कुपिण्डे न पा वडा न ८ कोटभिरमा पहिर जादा सडक पुर्णरुपमा अबरुद्ध भएको छ । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।