धादिङकाे थाक्रेमा पहिरो सोर्नेक्रममा एकको मृत्यु

15.04k
Shares

धादिङ ।


तिनदिन देखिको वर्षका कारण घरमा आएको पहिरो सोर्ने क्रममा एकजनाको शनिबार बिहान मृत्यु भएको छ ।


करेसामा भल पस्यो भनेर पन्छाउन लाग्दा घर माथिबाट आएको पहिरोले पुरिँदा धादिङकाे थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा कान्छा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।


महादेवबेसि र यश क्षेत्रको मशेशखोलामा बाढीको बहाव बढेको छ । नदी तटीय क्षेत्रको घरहरु खालि गरिएको छ ।