काठमाडौंमा दुई जनाको मृत्यु, १ वेपत्ता १९२ घर डुवानमा


काठमाडौं ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार हालसम्म तीन जनाको मानवीय क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

जसमा दुई जनाको मृत्यु र एक जना बेपत्ता छन् । वल्खु खोलामा एकको शव भेटिएको छ भने किर्तिपुरमा रुखले किचेर अर्का एकको मृत्यु भएको छ । स्वयम्भुमा एकजना चालक हिजोदेखि खोलाले बगाएर वेपत्ता छन् ।


त्रिपुरेश्वरको वंशीघाटमा १९२ घर डुवानमा परेका छन् । सुरक्षाकर्मीहरु उद्धारमा तैनाथ गरिएका छन् । धादिङ र काठमाडौको सिमाक्षेत्र चन्द्रागिरी क्षेत्रको झ्याप्ले खोला मा पहिरोमा परी दुईवटा गाडी पुरिएपनि मानिसहरुलाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

पानी पर्ने क्रम बढेकाले उपत्यका जोखिममा पर्न सक्ने भएकाले सबैजना सर्तक बन्न पनि प्रजिअ आचार्यले आग्रह गर्नुभएको छ ।काठमाडौका खोला नदीहरुमा पानीको बहाब बढ्ने क्रम जारी छ ।

‘हामीले उद्धारका लागि आवश्यता अनुसार नेपाली सेना र प्रहरी परिचालन गरेका छौ यद्यपि सबैजना सतर्क र सचेत रहन आग्रह गर्दछौ । ’प्रजिअ आचार्यले भन्नुभयो ।