लगातारको वर्षापछि नख्खु क्षेत्र डुवानमा, सयौ घर डुवे (तस्विसहित)

69.75k
Shares

काठमाडाैं ।

लगातारको वर्षापछि नख्खु क्षेत्र डुवानमा परेको छ । उक्त क्षेत्रमा रहेका सयौ घर डुबानमा परेका छन् । साे क्षेत्रमा ३८ बर्षपछि बाढी पसेकाे हाे ।

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्दो क्रममा छ। अधिकांश ठाउँमा खोलाको बाढी पसेर सडकसमेत डुबानमा परेको छ।

लगातारको वर्षाले नदी र खोलाहरूमा जलसतह बढिरहेको छ। जलसतह बढिरहेको र उच्च जोखिम रहेकाले नदी तथा खोला छेउमा नजान प्रहरीले आग्रह गरेको छ।