मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो


काठमाडौँ ।

 शुक्रवार बिहानै देखि परेको वर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका ठाउँमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ ।

वर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।