एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित, एसियन कपमा छनौट हुन असफल


काठमाडौं । एएफसी यू-२० एसियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ । 

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । 

यो हारपछि नेपालको एसियन कपमा छनौटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि  पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समूह बी मा तेस्रो स्थानमा रहेको छ ।