सुपर लिगमा पुग्ने पाँचैं टिमको टुंगो


काठमाडौं ।

कोशी प्रदेश र वालिङ नगरपालिकाले दोस्रो चरणमा पुगेसँगैं सुपर लिगमा खेल्ने पाँचै टिमको टुंगो लागेको छ । यसअघि तीनै विभागिय टिमहरु आर्मी, पुलिस र एपीएफ सुपर लिगमा पुगिसकेका थिए । यससँगैं कर्णाली, सुिदूरपश्चिम, बागमती युवा क्लब, संकटा क्लब र चन्द्रपुर नगरपालिकाको यात्रा पहिलो चरणमै सीमित भयो ।

बिहीबार भएका खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० र वालिङले चन्द्रपुरलाई २–१ ले हराएर सुपर लिगमा स्थान सुरक्षित गरेका हुन् । यो जितपछि वालिङले ९ खेलमा १५ अंक जोड्दा कोशीले ९ खेलमा १४ अंक जोड्यो ।

सुदूरपश्चिमका लागि भने यो लिग निकै कष्टकर बन्यो । टिमले पुरै ९ खेल्दा एकमा पनि जित हासिल गर्न सकेन । टिमले कूल ६९ गोल आत्मसात ग¥यो भने विपक्षीविरुद्ध ३ गोल मात्रै प्रहार गरेको थियो । सबैभन्दा ठूलो हार एपीएफ क्लबसँग भएको थियो । जसमा, सुदूर १९–० गोलअन्तरले पराजित भएको थियो ।