दामोदरको अजम्बरी माया


अमेरिकामा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डा. दामोदर पाण्डेको गीत अजम्बरी माया सार्वजनिक गरिएको छ।
पियानोवादक तथा प्रशिक्षक उपेन्द्रलाल सिंहको संगीतमा डा. पाण्डेकै शब्द र स्वर रहेको गीतमा रोशन थापाले संगीत संयोजन गरेका छन्।

बिना राउत र प्रभात पाल ठकुरी फिचर्ड भिडियोको निर्देशन राजु भट्टले गरेका छन्। सार्वजनिक गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उमेश बहादुर शाहको छायाँकन, प्रेम लामाको डिओपि र टेकेन्द्र शाहको सम्पादन रहेको छ। भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।