गजलमा नजरका इशारा


गायक, गीतकार तथा इन्जिनियर किरण रिजालको नजरका इसारा बोलको गीत गजल सार्वजनिक भएको छ।
गीत गजलमा रिजालकै शब्द र कमल विष्टको स्वर रहेको छ।

शशीविक्रम थापाको संगीत रहेको गजलमा आकर्षक म्युजिक भिडियो निर्माण गरिएको छ। राज पौडेल र हेना नगरकोटीको अभिनय रहेको उक्त गजल रे अफ आर्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

नारायण मगरको निर्देशन रहेको गीत गजलको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र भीम विश्वकर्माको सम्पादन रहेको छ।