प्रमुख जिल्ला अधिकारी र उपसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित)

गृहमा कर्मचारी व्यवस्थापन कार्य जारी


काठमाडौं ।

गृहमन्त्रालयले कर्मचारी व्यवस्थापन कार्यलाई जारी राख्दै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायत २४ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

नयाँ गृहसचिवको रुपमा गोकर्णमणि दुवाडी आएलगत्तै गृहमन्त्रालयले कर्मचारीको सरुवा, व्यवस्थापन र पदस्थापन कार्यलाई जारी राख्दै आएको छ । सोही क्रममा मन्त्रालयले विहीबार २४ जना उपसचिवको व्यवस्थापन गरेको हो । यस अघि मन्त्रालयले रिक्त रहेका जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएर पहिलो चरणको कर्मचारी व्यवस्थापनको कार्य थालेको थियो भने काठमाडौ लगायत केहि जिल्लामा अवधि पुगेका प्रमुख जिल्ला अधिकारीको फेरबदल गरेको थियो ।


गृह मन्त्रालयको सचिवमा बहाली भएलगत्तै गृहसचिव दुवाडीले मन्त्रालयमा केहि समय देखि थाती रहदै आएको कर्मचारी पदस्थापन, सरुवा व्यवस्थापन तथा गृहप्रशासन सुधार लगायतका महत्वपूर्ण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको थियो । सो अनुसार गृहसचिव दुवाडीले गृहमन्त्री रमेश लेखक सँग समन्वय गरी कर्मचारी व्यवस्थापनको गृहकार्यलाई जारी राख्नुभएको बताइएको छ ।

२४ जना उपसचिव को कहा सरुवा ? सुची यस्तो छ