प्रेममा परेका बेला मानिसले आफूले प्रेम गरेको व्यक्तिका लागि के–के गर्न सक्ला? प्रेमिकाका लागि ताज महलदेखि रानी महलसम्म बनाएको हामीले सुन्दै आएका छौं। जसको प्रमाण आजसम्म पनि हाम्रासामु छ। त्यस्तै, प्रेममा रहेका बेला कहिल्यै नमेटिने निशानीको रूपमा केही बलिउड सेलिब्रेटीले शरीरका विभिन्न अंग खोपेर ट्याटु बनाएका छन्। तर, नमेटिने निशाना स्वरुप बनाएका ट्याटु प्रेम छुटेपछि मेटाउनु पर्दा उनीहरूले भोग्नुपरेको सास्ती भने शब्दमा बयान गरिसाध्य छैन। जस्तो कि ः
दीपिकाको गर्दनमा रणवीर कपुरको ट्याटु

बलिउड अभिनेत्री दीपिका कादुकोण हाल रणवीर सिंहकी पत्नी हुन्। हालै उनीहरू आमाबाबु पनि बनेका छन्। तर, दीपिका कुनै बेला अभिनेता रणवीर कपुरका साथ प्रेम सम्बन्धमा थिइन्। सोही समयमा उनले आफ्नो गर्दनमा रणवीरको नामको ट्याटु खोपेकी थिइन्। रणवीर अर्की अभिनेत्री आलिया भट्टको प्रेममा परेपछि विक्षिप्त बनेकी दीपिका समयसगै रणवीर सिंहको प्रेममा परिन् र उनीहरूले विवाह पनि गरे। रणवीर सिंहका साथ विवाह गर्नुअघि दीपिकाले रणवीर कपुरको नामको ट्याटु मुस्किलले मेटाएकी थिइन्।
ऋतिक र सुजनको ट्याटु उस्तै

बलिउड अभिनेता ऋतिक रोशन तथा उनकी पत्नी सुजैन खान दम्पतीले पनि आफ््नो प्रेम व्यक्त गर्नका लागि एक अर्काको नाडीमा उस्तैखाले स्टार आकारको ट्याटु बनाएका थिए। सन् २००० मा विवाह गरेका उनीहरूको सन् २०१४ मा सम्बन्ध विच्छेद भयो। ऋतिकका साथ छुट्टिएपछि सुजैनले उक्त ट्याटु संशोधन गरेर अर्कै आकार दिइन्। तर, ऋतिकले भने अभैm पनि उक्त ट्याटु हटाएका छैनन्। ऋतिक अभिनेत्री सबा अजादसँग प्रेम सम्बन्धमा छन् भने सुजैन पनि अभिनेता तथा मोडल आर्शनल गोनीका साथ प्रेम सम्बन्धमा छिन्।
प्रतीक र एमीको प्यार

अभिनेत्री एमी ज्याक्सन र अभिनेता मार्शल आर्टिस्ट प्रतीक बब्बर प्रेम सम्बन्धमा थिए। गहिरो प्रेममा रहेको समयमा उनीहरूले आफ्नो नाडीमा एकै प्रकारका ट्याट् खोपेका थिए। एमीले ट्याटुमा मेरा प्यार मेरा प्रतीक खोपाएकी थिइन् भने प्रतीकले मेरी प्यार मेरी एमी भन्दै हातमा ट्याटु खोपेका थिए। तर, उनले पनि ब्रेक अपपछि सो ट्याटु मेटाउनुप¥र्यो।
कंगनाको गर्दनमा अज्ञात ट्याटु

बलिउड अभिनेत्री कंगना रनवतले पनि आफ्नो गर्दनमा कसैको नामको ट्याटु खोपेकी थिइन्। कंगनाले किशोर अवस्थामै खोपेको सो ट्याटु छोपेर पछि अर्कै आकार दिएकी थिइन्। तर, आजसम्म पनि कंगनाले कसको नामको ट्याटु बनाइन र संशोधन गरिन् भन्ने रहस्य खुलेको छैन।
राखी सावन्तको ट्याटुमा रितेश

बलिउडकी आइटम गर्ल राखी सावन्तले बिग बोसको १५औं सिजनमा पूर्वपति रितेश सिंहलाई पहिलोपटक चिनाएकी थिइन्। त्यसको केही समयपछि आफूहरूबीच मतभेद रहेको भन्दै उनीहरू छुट्टिएका थिए। रितेशसँग सम्बन्धमा रहँदा राखीले रितेशको नामको ट्याटु बनाएकी थिइन । तर,सम्बन्ध विच्छेदपछि भने उनले सो ट्याट् हटाइन्।











प्रतिक्रिया