भैंसेपाटीकी इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसियो


काठमाडौँ।

ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ। उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए।

इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ।