काठमाडौं ।
निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत अल्ली नजिक सरिदेउ न राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
बुधबार लोमश शर्माकौ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक प्रल्हाद सुवेदी र गायिका शान्तीश्री परियारको स्वर छ। गीतमा शब्द र संगीत प्रल्हाद सुवेदी तथा एरेन्जमेन्ट विनोद बाजुरालीको रहेको छ।
गीतको भिडियोमा भने लोमश शर्मास“गै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन्। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन्।
लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडीको प्रेम देखाइशएको छ। भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ। ती दृश्य सैलुङको हो। सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो।
भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन्। भिडियोको निर्देशन लोमश शर्मा स्वयंमले गरेका छन्।
कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। भिडियो निर्माण लागत बजेट १० लाख रहेको लोमशले जानकारी गराए।











प्रतिक्रिया