काठमाडौं ।
गायिका अन्जु श्रेष्ठको नयाँ गीत तिमीसंगै भिडियोसहित सार्वजनिक गरिएको छ। मिन गुरुङको शब्द रचना तथा संगीत रहेको गीतमा गायिका श्रेष्ठ र पदम लुहारको युगल स्वर रहेको छ।
सुरेश कोहिल र स्मारिका ढकालको मुख्य अभिनय रहेको गीतको भिडियो रहेश पुमा राईले निर्देशन गरेका छन्। गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ। ग्रामिण परिबेसको सजिव कथा रचिएको भिडियउोमा छाया“कन उत्सव दाहाल र सम्पादन विकाश दाहालको रहेको छ।
गायिका श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि सक्रिय छिन्। कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत रातो साडी हो।
हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी उनले एक दशक लामो औपचारिक संगीत यात्रामा विभिन्न चर्चित कलाकारसंग सहकार्य गरेकी छन्। आधुनिक, पप, देशभक्ती, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतमा स्वर भरेकी श्रेष्ठका केही गीतमा आफ्नै शब्द तथा अभिनय समेत रहेका छन्।











प्रतिक्रिया