यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ

38.92k
Shares

काठमाडौं ।

सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बिचौलिया भइ ठगी गरेको आरोपमा नेपाल प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

कार्यालय बाहिर बसेर बिचौलियाले अत्यधिक दुःख दिने गरेको गुनासो आएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीसहितको टोलीले यातायात कार्यालयमा बुधवार अनुगमन गरेको थियो ।

यसपछि सेवा लिन आउने ग्राहकसँग अतिरिक्त पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गर्ने १७ जना बिचौलियालाई मंगलवार पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरु रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान शुरू गरेको इटहरी प्रहरीले जनाएको छ ।