सहकारी ठगी प्रकरणः जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा

24.44k
Shares

काठमाडौं ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

गोरखा सहकारीलगायत थुप्रै सहकारी ठगीमा मुछिएका जिबी राईसहित १७ प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हाे ।

प्रतिवादीमा सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राईका अतिरिक्त सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन्।

मुद्दामा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको छ।