एजेन्सी ।
कताका बलिउड अभिनेता सलमान खान र पाकिस्तानी मूलकी अभिनेत्री सोमी अलीको प्रेम चर्चा बलिउडमा निकै हुने गर्थ्यो। उनै सोमीले हालै आफूहरू प्रेममा रहेको र अभिनेत्री ऐश्वर्या रायका कारण आफूहरूको सम्बन्ध छुटेको खुलाएकी छन्।
उनले प्रेमकथामा आधारित फिल्म हम दिल दे चुके सनमको सेटबाट ऐश्वर्या र सलमानको प्रेम सुरु भए पनि त्योभन्दा अघि भने सलमान र आफू सम्बन्धमा रहेको खुलाएकी हुन्।
‘हुन त मैले केही मानिसबाट सलमान र ऐश्वर्याको सम्बन्धको खबर आएको थियो। तर, त्यति खबरका कारणमात्र मैले सलमानसँग ब्रेकअप गर्नु नै उचित ठानिन’ एक भारतिय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सोमीले भनेकी छन् ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ लिरहेका बेला मैले सलमानलाई फोन गर्दा नउठेपछि निर्देशक सञ्जय लिला भन्सालीलाई फोन गरेँ। उनले सलमान सुटिङमा व्यस्त भएकाले तपाईंसँग अहिले कुरा गर्न सक्दैनन् भने। जुन कुरा सुनेर मलाई अचम्म लाग्यो। मैले जवाफ फर्काएँ यदि उनी सुटिङमा व्यस्त भएको भए कसरी फोन उठाउनु भयो? निर्देशन किन नगर्नुभएको?’
सोमीले आफू र सलमान एउटै अपार्टमेन्टमा बस्ने गरेको र ऐश्वर्या सोही आपार्टमेन्टमा रहेको जिमखानामा आउन थालेपछि आफूले नै सलमानसँगको सम्बन्धमा रहेर उचित नहुने निर्णय गरेको खुलाएकी छन्।
‘म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तलामा बस्थेँ। त्यहाँ रहेको जिममा आउन थालिन्। मलाई लाग्यो कि उनीहरूको सम्बन्ध अझै गहिरो हुनेछ। त्यसैले म अल्गिएँ,’ उनले भनेकी छन्। सोमी र सलमानको ब्रेकअपको खबरअघि नै सञ्चार माध्यममा सलमान र ऐश्वर्या फिल्म हम दिल दे चुके सनमको सेटमार्फत नजिकिएको खबर छ्यापछ्याप्ती फैलिइसकेका थिए।
सन् १९९९ मा रिलिज भएको फिल्म हम दिल दे चुके सनममा अनस्क्रिन केमेस्ट्रीको निकै तारिफ गरिएको थियो भने अफ स्क्रिनमा उनीहरूको प्रेम मौलाउँदै थियो। तर, सो सम्बन्ध लामो टिक्न सकेन र सन् २००१ मा दुवै अलग्गिए। त्यसपछि ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।
सोमी भने सन् १९९१ मा सलमानसँग विवाह गर्ने सोचले अमेरिकाबाट मुम्बई आएकी थिइन्। त्योबेला उनको उमेर १६ वर्ष थियो। सन् १९९८ मा प्रर्दशन भएको सलमानको फिल्म मेने प्यार किया हेरेर प्रभावित भएकी सोमी भारतमा फिल्म खेल्नका लागि नभई सलमानसँग नजिकिएर उनीसँग विवाह गर्ने सोचले भारत पुगेकी थिइन्।
‘जब म १६ वर्षको उमेरमै उनको फिल्मबाट प्रभावित भएँ, त्यतिबेला मैले जसरी पनि भारत गएर यही केटासँग विवाह गर्छु भन्ने सोचे“ र आमालाई म भोलि नै भारत जान्छु भनेर फकाएँ। मुम्बईंमा हाम्रा नातेदार थिए। म उनैलाई भेट्न र ताज महल घुम्नका लागि भारत जान्छु भनेर आमासँग जिद्धी गरेर मुम्बई पुगेको थिएँ,’ एक अन्तर्वार्तामा उनले भनेकी छन्।
सलमानलाई अगाल्ने सपनाले भारत गएकी उनको सलमानसँग भेट भने एक वर्षपछि मात्र भयो। भारत पुगेपछि उनले फोटोग्राफर राजाध्यक्षका साथ फोटोशुट गराईन भने फिल्म स्टुडीयोहरु धाउन थालिन्। सोही क्रममा एकदिन सोमीको भेट सलमानसँग भयो। सलमानको नजर सोमीमा परेपछि उनले फिल्म बुलन्दको अडिसनमा बोलाए।
उनले सो फिल्ममा सलमानसँगै खेल्ने मौका पाईन्। सो फिल्म रिलिज नभए पनि सोमीलाई अन्य फिलममा अफर आउन थाल्यो। सँगै काम गरेको फिल्म नचले पनि उनीहरू एकअर्कासँग नजिकिए र डेट गर्न थाले। जब सलमानको जीवनमा ऐश्वर्या आइन्, सलमान र सोमीको करिब आठ वर्षको सम्बन्ध टुट्यो।
‘सलमानस“गको ब्रेकअपपछि म अमेरिका फर्किएँ र आफ्नो पढाई पूरा गर्नतर्फ लागे“। म मुम्बईंमा फिल्ममा करिअर बनाउन गएका थिइन। जुन कुराका लागि गएको थिएँ, त्यो नहुने भएपछि मलाई मुम्बईं बस्न मन लागेन,’ उनले भनेकी छन्।
हालसम्म अविवाहित ४८ वर्षीया सोमीलाई एकपटक विवाहबारे सोधिएको थियो। त्यसको जवाफमा उनले भनेकी थिइन्, ‘जब म भारतमा थिएँ, मलाई विवाह गर्न मन थियो र पाँचवटा सन्तान जन्माउने सोच बनाएकी थिएँ।तर, अहिले मैले आफ्नो सामाजिक संस्था सञ्चालन गरिएको छु र संस्थासँगै सफल वैवाहिक जीवनमा छु।’
प्रतिक्रिया