हिन्दूहरूको महत्ववूर्ण चाड दशैैं नजिकिएसँगै दशैंसम्बन्धी गीत गाउने र सार्वजनिक गर्ने क्रम बढ्दो छ। यसैक्रममा मनाऔँ दशैं बोलको दशैं गीत सार्वजनिक गरिएको छ। गायकहरू दिनेश भण्डारी, विष्णु थापा, धीरज खत्री तथा गायिकाहरू अप्सरा कार्की र रजनी थापाको स्वर रहेको गीतमा गायक दिनेशको संगीत र गायक विष्णुको शब्द रचना रहेको छ।
गीतमाथि दशैंको माहोल झल्कने गरी म्युजिक भिडियो निर्माण गरिएको छ। जसमा लामो समयदेखि परदेसिएको परदेशी गाउ“ फर्केर परिवार तथा आफन्तजनका साथ दशैं मनाएको र साथीभाइबीच रमाइलो गरेको दृश्य समावेश गरिएको छ। गीतको भिडियोमा मोडल तथा गायक धीरज खत्री, रजनी थापालगायतले अभिनय गरेका छन्।
हुम गैरेको कथा, निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा रोशन भाटको छायाकंन रहेको छ। विशाल मुभीजको दृश्य निर्माण रहेको म्युजिक भिडियो दिनेश भण्डारी युट्युबबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया