एजेन्सी ।
बलिउड अभिनेत्री पुजा भट्टले आफ्नोे मदिरा नशाबारे खुलासा गरेकी छन्। पूजाले आफूमा १६ वर्षको उमेरमा नै मदिराको कुलतमा लागेको र आफ्नो पीता तथा निर्देशक महेश भट्टको सहयोगमा कुलतबाट बाहिर उम्किएको बताएकी छन्।
हालै भारतीय अनलाईन न्युज पोर्टल दैनिक भाष्करसँगको कुराकानीमा आफूले पिउन छोड्ने निर्णय लिएको बेला पिताले मदत गरेको बताइन्। ‘म रक्सीको नशा छोडेर बेस्ट बन्न चाहन्थे। त्यो बेला मलाई भट्ट साहबले एक म्यासेज पठाएका थिए। त्यहाँ लेखिएको थियो यदि तिमी मलाई माया गर्छौ भने आफैंलाई माया गर। जुन दिन मैले मदिरा छोड्ने निर्णय गरे सोही दिन मलाई त्यस्तो म्यासेज आयो’ उनले भनेकी छन्।
पुजा आफ्नो पिता महेश भट्टका साथ एक पोडकास्ट सञ्चालन गर्दै छिन्। महेशले गत शुक्रबार परेको जन्मदिनको अवसरमा पोडकास्टको घोषणा गरेका थिए। उनका अनुसार सो पोडकास्टमा जीवनमा कुनै न कुनै लतमा परेका व्यक्तिस“ग कुराकानी गरिने छ।
पूजाले फिल्म नखेलेको धेरै समय भए पनि उनको व्यक्तिगत जीवन भने सधैं चर्चामा रहने गर्छ। पूजाले सन् २००३ मा व्यवसायी मनिष मखिजाको साथ बिबाह गरेकी थिइन्। तर सो बिबाह धेरै टिक्न सकेन। सन् २०१४ मा उनीहरूबीच डिभोर्स भयो। पूजा सन् १९८९ मा महेश भट्टद्वारा निर्देशित फिल्म डयाडीबाट बलिउडमा प्रवेश गरेकी थिइन्।
जसमा उनको निकै बोल्ड लुक्स थियो। महेश र पूजाले एक भारतीय म्यागेजिनका लागि गराएको फोटो शुटले निकै विवाद सिर्जना गरेको थियो। एक बाबु र छोरीबीचको लिपलक तस्विर भन्दै सो तस्विरमाथि बिबाद भएको थियो।
प्रतिक्रिया