हेटौंडामा ग्याल्बो राजा



हेटौंडा ।

तामाङ र नेपाली भाषामा निर्मित फिल्म ग्याल्बो राजाको हेटौंडामा आगामी १७ गतेदेखि तीन दिन विशेष शो हुने भएको छ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक विनायक तामाङले फिल्म ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको प्रेमकथामा आधारित रहेको बताए।

अर्जुन गुरुङ, विनायक तामाङ, संगीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिन्तान, सञ्जय रुम्बालगायतका कलाकारले अभिनय गरेको फिल्मले प्रेमभाव, तामाङ कला/संस्कृति र ऐतिहासिक कथा बोकेको छ।