काठमाडौं ।
राजधानीमा सम्पन्न किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४ मा आकृति रोशयारा, संस्कार खनाल र रिवानी बस्ती उपाधि विजेता भएका छन्। शनिबार साँझ राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा आकृति जुनियर, रिवानी सिनियर र संस्कार सिनियर ब्वाइजतर्फको विजेता भएका हुन्।
प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने विभिन्न गिप्mट ह्याम्पर पनि प्राप्त गरेका छन्। प्रतियोगितामा जुनियर गर्लतर्फ प्रिन्सु पुडासैनी फस्ट, भाविस्का दाहाल सेकेन्ड, आयंसी सापकोटा थर्ड र काब्या बुढाथोकी फोर्थ रनर्सअप सिनियर गर्लतर्फ दृष्टि सिंह थारू फस्ट, आरोही कर्ण सेकेन्ड, ब्रिसा भट्ट थर्ड र जेसी महर्जन फोर्थ रनर्सअप भए। त्यसैगरी सिनियर ब्वाइजतर्फ आरोहण चिपालु फस्ट, अग्रिम पोखरेल सेकेन्ड, राहुल यादव थर्ड र रुबिन श्रेष्ठ फोर्थ रनर्सअप भए।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित प्रतियोगितामा लभ कार्की, मनोज विश्वकर्मा, सन्तोष चापागाई, सब्रिना मधिकर्मी, विमल कटवाल, आशिष थापा, अनामिका कार्कीलगायत निर्णायक रहेका थिए। प्रतियोगितामा राज फैजु कोरियोग्राफर रहेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारको थियो।
प्रतिक्रिया