यस्तो छ दशैँको टीकाको साइत


काठमाडौं ।

यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

विजया दशमी असोज २६ गते शनिबार परेको छ। सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।